Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै

नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै

  • मंगलवार, जेठ ११ २०७८

  • 1.0K
    SHARES

  • नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै


    काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाँदैछ ।

    अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।

    नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् ।

    इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

    मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले गत मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।


    मंगलवार, जेठ ११ २०७८०६:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij