Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भिल्लारियल बन्यो पहिलोपटक युरोपा लिग च्याम्पियन, गोलकिपर रुली बने नायक

भिल्लारियल बन्यो पहिलोपटक युरोपा लिग च्याम्पियन, गोलकिपर रुली बने नायक

  • बिहिवार, जेठ १३ २०७८

  • 1.2K
    SHARES

  • भिल्लारियल बन्यो पहिलोपटक युरोपा लिग च्याम्पियन, गोलकिपर रुली बने नायक

    एजेन्सी - स्पेनिस क्लब भिल्लारियलले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्लारियलले पहिलोपटक युरोपा लिग फुटबलको उपाधि जितेको हो ।

    पोल्यान्डको पोल्साट एरिनामा भएको खेलका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्लारियल च्याम्पियन बनेको हो ।

    दुई टोलीबीचको खेल निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । र, अनत्यमा पेनाल्टी सुटआउट सडनडेथमा परिणत भयो ।

    पेनाल्टी सुटआउटअघि खेलको २९औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । ५५औँ मिनेटमा एडिन्सन काभानीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए ।

    पेनाल्टी सुटआउटमा कुल २२ पेनाल्टी प्रहार हुँदा युनाइटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए । निर्धारित पाँच पाँच पेनाल्टीपछि पनि बराबरी भएपछि खेल सडनडेथमा गएको थियो ।

    सडनडेथमा जियाको प्रहार भिल्लारियलका गोलकिपर गेरोमिनो रुलीले बचाएका थिए । रुलीले भने गोल गर्न सफल भए । यसरी गोलकिपर रुली भिल्लारियलको उपाधि जित्दाका नायक भए ।

    भिल्लारियलको इतिहासमै यो नै सर्वाधिक ठूलो र ऐतिहासिक उपाधि हो ।


    बिहिवार, जेठ १३ २०७८१२:०५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij