काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटको सुनुवाइ गर्न सर्वोच्च अदालतमा बहस सुरु भएको छ । १२ बजे बसेको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन अध्ययन गरिसकेपछि बहस सुरु भएको हो ।
सर्वोच स्रोतका अनुसार निवेदन अध्ययनका क्रममा प्रधानन्यायाधीश जबराले पाँचजनाबाहेक अरू कानुन व्यवसायीलाई बाहिर पठाउनुभएको थियो ।