काठमाडौं - प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा दुईजना न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले हेर्न नमिल्ने भन्दै निष्ठाको प्रश्न बारम्बार विवाद भएको छ । यी दुईजनाले इजलास छोड्न नमानेपछि न्यायाधीशहहरु बीच नै विवाद भएको हो ।
विवाद भएपछि संवैधानिक इजलासका न्यायाधीशहरू सर्वोच्च अदालत परिसरमै छलफलमा जुटेका छन् । न्यायाधीश श्रेष्ठ र केसीमाथि शुक्रबार र आइतबार अधिवक्ताहरुले पटक–पटक नैतिकताको प्रश्न उठाएका थिए ।
न्यायाधीश श्रेष्ठ र केसी इजलासमै रहे भने न्याय सम्पादनमा क्षति पुग्ने भन्दै रिट निवेदक पक्षका अधिवक्ताहरूले आपत्ति जनाएपछि सर्वोच्चसामु नैतिक प्रश्न सम्बोधन गर्नुपर्ने चुनौती छ ।
आज अपराह्न ४ बजेसम्ममा न्यायाधीशहरूको निर्णय आइसक्ने सर्वोच्च जनाएको छ ।