Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

६०८५ संक्रमित थपिए, मृत्यु कति?

६०८५ संक्रमित थपिए, मृत्यु कति?

  • मंगलवार, जेठ १८ २०७८

  • 785
    SHARES

  • ६०८५ संक्रमित थपिए, मृत्यु कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। यस्तै ६८९८ जना निको भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ।


    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

    यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।


    मंगलवार, जेठ १८ २०७८०५:१२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij