Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा थपपिए ८ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपपिए ८ जना कोरोना संक्रमित

  • बिहिवार, आषाढ १८ २०७७

  • 524
    SHARES

  • गण्डकी प्रदेशमा थपपिए ८ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ८ जनामा संक्रमण देखिएको हो । बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतका ८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा कोरोान संक्रमण देखिएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेशनमा ल्याउने तयारी भइरहेको डा. शर्माले बताउनुभयो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने २ सय १४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।


    बिहिवार, आषाढ १८ २०७७०९:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij