Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेड : ५ हजार ३१६ जनामा संक्रमण पुष्टि,७ हजार २१९ डिस्चार्ज

कोरोना अपटेड : ५ हजार ३१६ जनामा संक्रमण पुष्टि,७ हजार २१९ डिस्चार्ज

थप १०१ जनाको मृत्यु
  • बुधवार, जेठ १९ २०७८

  • 939
    SHARES

  • कोरोना अपटेड : ५ हजार ३१६ जनामा संक्रमण पुष्टि,७ हजार २१९ डिस्चार्ज

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ पीसीआर परिक्षण गराउँदा ४ हजार ५२४ जना र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र १ हजार ४५६ जना संक्रमित भेटिएका छन् । जस्मा काठमाडौँ ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ५ लाख ७९ हजार हजार ६ सय ५९ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तैै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ।

    हाल देशभर १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, जेठ १९ २०७८०५:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij