Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा इजलास गठन

प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा इजलास गठन

  • आइतवार, जेठ २३ २०७८

  • 835
    SHARES

  • प्रधानन्यायाधीशले गरे वरिष्ठताका आधारमा इजलास गठन

    काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।
    प्रतिनिधिसभा विघटनकाविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएको थियो । त्यसपछि नयाँ इजलास गठन गरिएको हो ।

    इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

    तेस्रो वरियतामा रहे पनि न्यायाधीश हरिकृष्णमाथि प्रश्न उठेको थियो । गत पुसमा संसद् विघटनपछिको मुद्दा सुनुवाइका क्रममा उहाँ सम्मिलित इजलासमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

    कार्की प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुनुहुन्छ । त्यसैले, उहाँविरुद्धको मुद्दाको सुनुवाइमा यस्तो व्यक्ति न्यायाधीश भएको भन्दै उहाँको भूमिकामा प्रश्न उठेको थियो ।

    यता, चौथो वरियतामा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई यतिवेला कोरोना भाइरस संक्रमण भएको छ । उहाँ उपचारका क्रममा रहेकाले त्यसपछिका न्यायाधीश भट्टराईलाई इजलासमा पठाइएको सर्वोच्चले जनाएको छ ।

    प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन परेका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले पनि संसद् पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।


    आइतवार, जेठ २३ २०७८११:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij