Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप र एसियन कपको छनोटमा नेपाल आज जोर्डनसँग भिड्दै

विश्वकप र एसियन कपको छनोटमा नेपाल आज जोर्डनसँग भिड्दै

  • सोमवार, जेठ २४ २०७८

  • 1.2K
    SHARES

  • विश्वकप र एसियन कपको छनोटमा नेपाल आज जोर्डनसँग भिड्दै

    काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

    खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

    यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् ।

    चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

    जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।

    नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ ।

    छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।


    सोमवार, जेठ २४ २०७८०७:०१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij