Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश २ः मुख्यमन्त्री राउतद्वारा ठाकुरनिकट चार मन्त्री बर्खास्त

प्रदेश २ः मुख्यमन्त्री राउतद्वारा ठाकुरनिकट चार मन्त्री बर्खास्त

  • सोमवार, जेठ २४ २०७८

  • 1.0K
    SHARES

  • प्रदेश २ः मुख्यमन्त्री राउतद्वारा ठाकुरनिकट चार मन्त्री बर्खास्त

    काठमाडौँँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाउनु भएको छ ।

    ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।

    उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले गय राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ ।

    प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ । केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो ।


    सोमवार, जेठ २४ २०७८०८:२२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij