Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि चिनियाँ खोप लगाइँदै

आजदेखि चिनियाँ खोप लगाइँदै

  • मंगलवार, जेठ २५ २०७८

  • 1.0K
    SHARES

  • आजदेखि चिनियाँ खोप लगाइँदै

    काठमाडौँ । सरकारले चीनबाट अनुदान प्राप्त चिनियाँ खोप ‘भेरोसिल' आजबाट विभिन्न उमेर समूहलाई लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाइने भएको हो ।

    स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा विभिन्न वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन भनेको छ ।

    परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् । अन्य जिल्लाको हकमा ६२-६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ ।

     

     
     


    मंगलवार, जेठ २५ २०७८०६:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij