Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जर्मनीले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

जर्मनीले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

  • मंगलवार, जेठ २५ २०७८

  • 807
    SHARES

  • जर्मनीले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    काठमाडौं - कोरोना भाइरस महामारी नियन्त्रणमा सहयोगस्वरुप सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्यो । १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

    नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।
    जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर छन् ।

    त्यस्तै, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर पनि आज हस्तान्तरण गरिएको हो ।

    युरोपेली संघको बृहत इयू सोलिडारिटी प्याकेजअन्तर्गत ती सामग्री आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।

     


    मंगलवार, जेठ २५ २०७८११:४६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij