Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
विश्वकप छनोट :

अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन सकेन, ब्राजिलको शतप्रतिशत् नतिजा

अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन सकेन, ब्राजिलको शतप्रतिशत् नतिजा

  • बुधवार, जेठ २६ २०७८

  • 1.3K
    SHARES

  • अर्जेन्टिनाले दुई गोलको अग्रता जोगाउन सकेन, ब्राजिलको शतप्रतिशत् नतिजा

    एजेन्सी – सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

    आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । घरेलु टोली कोलम्बियाले अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

    खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा लिन्ड्रो डानियल पारेडेसले गोल गरेपछि अर्जेन्टिनाले २० मिनेटभित्रै २–० को अग्रता बनायो ।

    तर पहिलो हाफको यो अग्रतालाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । ५१ मिनेटमा लुइस मुरिएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । इन्जुरी टाइममा कोलम्बियाका मिगुएल बोर्जाले गोल गरेपछि अर्जेन्टिना जितबाट बन्चित भयो ।

    छनोटमा अर्जेन्टिनाको यो लगातार दोस्रो र समग्रमा तेस्रो बराबरी हो । अपराजित अर्जेन्टिना ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

    कोलम्बिया ६ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।

    Neayamar.jpg

    आज बिहान नै भएको अर्को खेलमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २–० ले पराजित गरेको छ ।

    नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।

    खेलको चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको ेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।

    लगातार छैटौं जितपछि ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । यो दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो ।

     


    बुधवार, जेठ २६ २०७८१२:१०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij