Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
गण्डकी प्रदेश

नयाँ सरकार गठनका लागि विपक्षीहरुले गृहकार्य तीव्र, यस्तो छ दलीय समीकरण

नयाँ सरकार गठनका लागि विपक्षीहरुले गृहकार्य तीव्र, यस्तो छ दलीय समीकरण

  • शुक्रवार, जेठ २८ २०७८

  • 1.1K
    SHARES

  • नयाँ सरकार गठनका लागि विपक्षीहरुले गृहकार्य तीव्र, यस्तो छ दलीय समीकरण

    काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले आजदेखि प्रक्रिया सुरु गर्ने भएका छन् । प्रदेश सभामा हिजो (बिहिबार) भएको मतदानबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेकाले आजदेखि विपक्षीहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्ने भएका हुन ।

    अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नुहुनेछ ।

    त्यसपछि विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी भइरहेको देखिएको छ ।

    कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार रहेको दावी गरिएको छ ।

    त्यसैगरी मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताउनु भएको छ ।

    उहाँको समेत समर्थन भएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्ने देखिएको छ ।

    तर ती मध्ये कुनै एक जनाको मत प्राप्त भएन भने नयाँ मुख्यमन्त्री नियुक्त हुन नसकी संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुने र मध्यावधि निर्वाचन घोषणा गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।


    शुक्रवार, जेठ २८ २०७८०९:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij