Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबल छनोटमा नेपाल अष्ट्रेलियासँग पराजित

विश्वकप फुटबल छनोटमा नेपाल अष्ट्रेलियासँग पराजित

  • शनिवार, जेठ २९ २०७८

  • 892
    SHARES

  • विश्वकप फुटबल छनोटमा  नेपाल अष्ट्रेलियासँग पराजित

    काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

    कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा कठिन प्रतिद्धन्दी अष्ट्रेलिया विरुद्ध नेपालले केही संयमित प्रदर्शन गरेको थियो ।

    खेलमा अष्ट्रेलियालाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे ।

    नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

    यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ ।

    पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रह्यो ।

    यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ ।

    नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अफ्को पर्खाइमा पुगेको छ ।


    शनिवार, जेठ २९ २०७८०६:३३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij