एजेन्सी । फुटबल राइटर्स एसोसियसन (एफडब्लूए) उत्कृष्ट वर्ष फुटबल खेलाडीको अवार्ड लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले जित्न सफल भएका छन् । उक्त अवार्ड जित्न उनले अत्याधिक मत पाएका हुन् ।
३० वर्षीय मिडफिल्डर रहेका हेन्डरसनले लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अवार्डका लागि उनले सबैमा धन्यवाद दिएका छन् । तर मेरो वर्तमान टोलीका साथीहरूभन्दा माथि अरू कोही पनि छैनन् । जो अविश्वसनीय छन् र मभन्दा धेरै योग्य उनले भने ।
एफडब्लूए अवार्ड पुरस्कार १९४८ देखि क्लबको प्रदर्शनमा उत्कृष्ट प्रभाव पारेको र साथ–साथै व्यक्तिगत रूपमा गरेको प्रदर्शनका आधारमा प्रदान गरिँदै आएको छ । यो अवार्ड इंग्लिस फुटबलको सबैभन्दा पुरानो व्यक्तिगत पुरस्कार हो । हेन्डरसन सर्वाधिक मत पाउने लिभरपुलका पाँच खेलाडीहरूमध्ये एक हुन् । लिभरपुलका एलिसन, भान डिएक, ट्रेन्ट एलेकज्यान्डर र साडियो मानेलाई पनि केही पत्रकारहरूले छनोट गरेका थिए ।