Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्कियो

विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्कियो

  • सोमवार, जेठ ३१ २०७८

  • 890
    SHARES

  • विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ ।

    समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश फर्किएको हो । टोली राति ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

    नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् ।

    छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।

    त्यसअघि इराकसंग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । यस पटक नेपाली टिममा ६ नयाँ खेलाडी रहेकोमा ५ खेलाडीले डेब्यु गरे । इराक विरुद्ध मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए भने अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले डेब्यु गरेका थिए ।

    विश्वकपरएसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।


    सोमवार, जेठ ३१ २०७८०६:४९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij