Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा थपिएको निषेधाज्ञा मंगलबारदेखि लागु हुने : कुन क्षेत्र कहिले खुला ?

उपत्यकामा थपिएको निषेधाज्ञा मंगलबारदेखि लागु हुने : कुन क्षेत्र कहिले खुला ?

  • सोमवार, जेठ ३१ २०७८

  • 1.3K
    SHARES

  • उपत्यकामा थपिएको निषेधाज्ञा मंगलबारदेखि  लागु  हुने : कुन क्षेत्र कहिले खुला ?

    काठमाडौं । काठमाडौं उपत्यकामा करिब एक दर्जन क्षेत्र सर्तसहित खुला रहने गरी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिले आइतबार असार ७ गतेसम्म निषेधाज्ञा थपेको हो ।

    तर तोकिएका र अनुमतिबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन, शैक्षिक संस्था, सभा-सम्मेलन, जुलुस, सिनेमा हल, मठमन्दिर (नित्यपूजाबाहेक) लगायतमा निषेधाज्ञा यथावत् रहनेछ ।

    पछिल्लो आदेश आजबाट लागु हुनेछ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले असार १ गतेबाट आर्थिक क्षेत्रलाई क्रमशः चलायमान गर्दै लैजाने नीतिअनुसार केही क्षेत्रलाई सर्त राखेर सञ्चालन गर्न दिइने बताउनु भयो । अब दैनिक उपभोग्य वस्तु किनबेच बिहान ११ बजेसम्म खुला हुनेछ ।

    वाणिज्य/विकास बैंक, वित्त संस्था निर्वाध तथा सहकारी र रेमिट कम्पनी आइतबार र बिहीबार खुला गर्न सकिने आदेशमा उल्लेख छ । पुस्तक पसल र प्रिन्टिङ प्रेसल बिहान ११ बजेसम्म खुल्नेछन् । अत्यावश्यक सेवा (औषधि तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिन्डर) कृषि/मलखाद/बीउ तथा खाद्यान्न सामग्री ढुवानीका कार्यालय (ढुवानी गर्दा मात्रै) खुला रहनेछन् । अनलाइन तथा टेक–अवे सेवा, होम डेलिभरी साँझ ७ बजेसम्म खोल्न पाइनेछ । हाल उपत्यकासहित ७५ जिल्लामा निषेधाज्ञा छ ।


    सोमवार, जेठ ३१ २०७८०७:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij