काठमाडौं –स्टिङ अप्रेसनसम्बन्धि व्यवस्था सर्वोच्च अदालतको संवैधानिक इजलासवाट खारेजी भएसँगै अलपत्र परेका र अख्तियारले दर्ता गरेका करिब ५ सय मुद्दा अब अघि बढ्ने भएका छन् । सर्वोच्च र विशेष अदालतमा रहेका यी मुद्दा के हुने अन्योल सिर्जना भएको थियो ।
सर्वाेच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै यो मुद्दा अब नियमित न्यायिक प्रक्रियाबाट फैसला हुने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले वैशाख ८ गते स्टिङ अप्रेसनलाई अवैधानिक ठहर गरेको थियो ।
डेढ महिनामै सार्वजनिक भएको पूर्णपाठमा प्रावधान खारेज भएसँगै त्यसका आधारमा विशेष अदालत काठमाडौँ र सर्वोच्च अदालतमा विचाराधीन पाँच सयभन्दा बढी मुद्दाबारे कसरी फैसला गर्ने पनि फैसलाको पूर्णपाठमै भनिएको छ ।
रं
गेहात पक्राउसँग सम्बन्धित २ सयको हारहारीमा मुद्दा सर्वोच्चमा पुनरावेदनका क्रममा विचाराधीन छन् भने विशेष अदालतमा अख्तियारले दायर गरेका ३ सय २० मुद्दा छन् । यी मुद्दामा ६ सयभन्दा बढी सरकारी कर्मचारी प्रतिवादी रहेका छन् ।