Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग'

'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग'

  • शुक्रवार, श्रावण ९ २०७७

  • 1.0K
    SHARES

  • 'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग'

    काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।

    पत्नीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसला गरेपछि प्रधानन्याधीशसलाई महाभियोग लगाएर हटाउन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको हो ।

    शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा भएको प्रदर्शनका सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो ।

    सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटिसकेका छन् । यस्तै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् ।

    उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर महान्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाभियाग लगाउन प्रस्ताव गरेका हुन् ।

    यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।

    श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्काे आलोचना भइरहेका बेला बाबुरामले यस्तो बताएका हुन् ।


    शुक्रवार, श्रावण ९ २०७७०५:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij