Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोकप: फ्रान्सको विजयी सुरुवात, जर्मनी पराजित

युरोकप: फ्रान्सको विजयी सुरुवात, जर्मनी पराजित

  • बुधवार, आषाढ २ २०७८

  • 660
    SHARES

  • युरोकप: फ्रान्सको  विजयी सुरुवात,  जर्मनी पराजित

    एजेन्सी । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

    जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

    डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

    त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन ।

    खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहदा उनको गोलले मान्यता नपाएको हो ।

    जर्मनीले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेल अवधि भर बल पोसेसनमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो ।

    यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

    जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ुएफु मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ ।

    यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।


    बुधवार, आषाढ २ २०७८०६:१७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij