Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टर्कीविरूद्ध वेल्सको शानदार जित

टर्कीविरूद्ध वेल्सको शानदार जित

  • बिहिवार, आषाढ ३ २०७८

  • 808
    SHARES

  • टर्कीविरूद्ध  वेल्सको शानदार जित

    एजेन्सी । युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै  वेल्सले पहिलो जितसमेत हासिल गरेको छ ।

    बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

    खेलको इन्जुरी समयको पाँचौ मिनेटमा कोनोर रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ ।

    टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।


    बिहिवार, आषाढ ३ २०७८०७:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij