Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई काठमाडौं महानगरले दुई करोड दिने :

‘काठमाडौंलाई पानी दिएकाले हेलम्बु र मेलम्चीवासीलाई सहयोग गरेका हौं’ : मेयर शाक्य

‘काठमाडौंलाई पानी दिएकाले हेलम्बु र मेलम्चीवासीलाई सहयोग गरेका हौं’ : मेयर शाक्य

  • बिहिवार, आषाढ ३ २०७८

  • 768
    SHARES

  • ‘काठमाडौंलाई पानी दिएकाले हेलम्बु र मेलम्चीवासीलाई सहयोग गरेका हौं’ :  मेयर शाक्य

    काठमाडौं – काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

    महानगरका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप दुई करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

    यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताउनुभएको छ ।

    ‘हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको हो’ उहाँले भन्नुभयो ।

    मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको छ ।

     


    बिहिवार, आषाढ ३ २०७८०२:५६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij