एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।
कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २(१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।
डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो ।
पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।
डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाएका थिए । पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।