Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका १४ कर्मचारी क्वारेन्टिनमा

गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका १४ कर्मचारी क्वारेन्टिनमा

  • शनिवार, श्रावण १० २०७७

  • 1.4K
    SHARES

  • गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका १४ कर्मचारी क्वारेन्टिनमा

    सप्तरी । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।

    विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताउनुभयो ।

    डा. झाका अनुसार उनीहरु सबैलाई राजविराजस्थित एक होटेलको क्वारेन्टिनमा राखिएको छ ।


    शनिवार, श्रावण १० २०७७१२:३०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij