काठमाडौँ । युरोकप फुटबलमा स्वीट्जरल्यान्डले शानदार जित निकालेको छ ।
गय राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्वीट्जरल्यान्डले शानदार जति निकालेको हो ।
बाकुमा स्वीट्जरल्यान्डलाई पहिलो जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले गोल गरेर स्विजरल्यान्डलाई ३–१ को जित दिलाए ।
समूह चरणको अन्तिम खेलमा जित निकाले पनि स्वीट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै छ । यसका लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।