Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोकपमा आज चार खेल हुँदै, को-को भिड्दै छन् ?

युरोकपमा आज चार खेल हुँदै, को-को भिड्दै छन् ?

  • सोमवार, आषाढ ७ २०७८

  • 727
    SHARES

  • युरोकपमा आज चार खेल हुँदै, को-को भिड्दै छन् ?

    काठमाडौँ । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदैछन् ।

    युरोकपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ को समान दुई दुई खेल हुनेछन् ।समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

    यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पौने १० बजे सुरु हुनेछ ।

    समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

    यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।


    सोमवार, आषाढ ७ २०७८१०:१४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij