Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
५२ जना एसपी र ५७ डिएसपीको सरुवा :

२२ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ पुगे ?

२२ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ पुगे ?

  • बुधवार, आषाढ ९ २०७८

  • 809
    SHARES

  • २२ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ पुगे ?

    काठमाडौं – प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) तथा ५७ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा २२ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

    सरुवा सूचिअनुसार मोरङको प्रहरी प्रमुखमा एसपी जनार्दन जिसी, सुनसरीमा संजयसिंह थापा, भक्तपुरमा शिव श्रेष्ठ, कास्कीमा रमेश थापा, बाँकेमा श्यामकृष्ण अधिकारी, कैलालीमा विश्व अधिकारी तथा दाङमा सुरेश काफ्लेलाई पठाइएको छ ।

    त्यस्तै, तनहुँमा दिनेश मैनाली, कपिलवस्तुमा दानबहादुर कार्की, पश्चिम नवलपरासीमा मनोजकुमार यादव, धनकुटामा नकुल पोखरेल, इलाममा महेन्द्र श्रेष्ठ, उदयपुरमा सुवासचन्द्र बोहरा, सिराहामा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

    ५७ जना डिएसपीको सरुवा हुँदा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन् ।

    अर्घाखाँचीको डिएसपीमा अमरबहादुर थापा क्षेत्री, खोटाङको प्रहरी प्रमुखमा उमेश लम्साल, लम्जुङमा कृष्णकुमार कार्की, भोजपुरमा राजकुमार राई, मनाङमा रामकुमार दानी, संखुवासभामा लालध्वज सुवेदी, बैतडीमा रमेशबहादुर पाल, पर्वतमा शिवराज बुढाथोकीको सरुवा भएको छ ।
    यस्तै सरुवामा उपत्यकाका आठवटा वृत्तका इन्चार्ज पनि फेरिएका छन् ।

    महानगरीय प्रहरी वृत्त गौशालामा डिएसपी केशव भट्टराई, कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल, बौद्धमा ढुण्डीराज नेउपाने, लैनचौरमा दुर्गा दाहाल, महाराजगञ्जमा प्रमेश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँ वृत्तमा मिनबहादुर कुँवर क्षेत्री, बानेश्वर वृत्तमा मिमबहादुर लामा, स्वयम्भुमा मिलन केसीको सरुवा भएको छ ।

     


    बुधवार, आषाढ ९ २०७८१२:२६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij