काठमाडौँँ । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा पार्टीका नेताहरुले छलफल तथा आन्तरिक भेटघाटलाई तिव्रता दिएका छन् । विषेश गरेर सभापतिमा आकांक्षी नेता र उहाँ निकट नेताहरुले भेटघाटलाई तिव्रता दिनु भएको पाइएको छ ।
यही सिलसिलामा बरिष्ठ नेता रामचन्द्र पौडेलले आज दिउसो आफु निकट नेताहरुसँग परामर्श बैठक आयोजना गर्नुभएको छ । उहाँका स्वकिय सचिव चिरन्जीवी अधिकारीले दिउसो २ बजे बत्तिसपुतलीस्थीत एक पार्टी प्यालेसमा बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा विषेश गरेर पार्टी भित्र समायोजनका नाममा गलत तरिकाले सदस्यता वितरण गरिएको पाइएकाले त्यस बारेमा छलफल हुन लागेको हो ।
उहाँले क्रियाशिल सदस्यतालगायतका पार्टीको महाधिवेशनका लागि आवश्यक तयारी, प्रक्रिया र मापदण्डका बारेमा छलफल हुने बताउनुभयो ।बैठकमा बरिष्ठ नेता पौडेलले आफु पक्षीय केन्द्रीय सदस्य र अन्य केही नेता तथा राजनीतिज्ञहरुलाई पनि बोलाउनु भएको जनाइएको छ ।