काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै न्याय निष्पक्ष भयो त भनेर प्रश्न गर्नुभएको थियो ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले भने प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताउनुभयो। उहाँले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको बताउनुभयो।
‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ’, प्रचण्डले भन्नुभयो।
उहाँले अघि भन्नुभयो, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन?’
संविधानको धारा ७६(५) सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । ’
‘कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफै । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे १ मेरो सेटिङमा नेपाल चलेको भए त ... प्रचण्डले भन्नुभयो।