Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छुः माधव नेपाल

प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छुः माधव नेपाल

  • सोमवार, आषाढ १४ २०७८

  • 1.2K
    SHARES

  • प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छुः माधव नेपाल

    काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गर्नुभएको छ ।

    विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘हामी आफै अरुलाई भन्छौँ, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ।’


    ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उहाँले भन्नुभयो, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

    नेता नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताउनुभयो। आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै उहाँले भन्नुभयो, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु। यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन।’


    सोमवार, आषाढ १४ २०७८०६:००:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij