काठमाडौँ – सरकार परिवर्तनलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।
विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेको थियो । तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ।