Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशन ३ साउनमा बोलाउने मन्त्रिपरिषद्को निर्णय

संसद् अधिवेशन ३ साउनमा बोलाउने मन्त्रिपरिषद्को निर्णय

  • बिहिवार, आषाढ ३१ २०७८

  • 902
    SHARES

  • संसद् अधिवेशन ३ साउनमा बोलाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं– सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन साउन ३ गते आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाउन सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।

    राष्ट्रियसभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार २८ गते अधिवेशन अन्त्य गर्नुभएको थियो ।

    यस अतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल भएको मन्त्री कार्कीले बताउनुभयो ।

     


    बिहिवार, आषाढ ३१ २०७८०३:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij