Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भीम रावलले दिए सांसद पदबाट राजीनामा

भीम रावलले दिए सांसद पदबाट राजीनामा

  • आइतवार, श्रावण ३ २०७८

  • 810
    SHARES

  • भीम रावलले दिए सांसद पदबाट राजीनामा

    काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ ।

    २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित हुनुभएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताउनुभयो ।

    ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भन्नुभयो, ‘म राजीनामा दिन्छु।’

    रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक हुनुहुन्थ्यो ।

    शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उहाँले पदबाटै राजीनामा दिनुभएको हो ।

    रावलले राजीनामा गर्दै आफूले राजनीतिको दुषित खेलबाट अलग गरेको बताउनुभएको छ। ‘उच्च राजनीतिक नेतृत्वमा अनैतिक र स्वेच्छाचारी व्यवहार देखियो’ रावलले संसद भवन पुगेर भन्नुभयो, ‘यस्तो राजनीतिको मतियार हुनु भन्दा दुषित खेलबाट अलग गर्ने निर्णय गरेको छु।


    आइतवार, श्रावण ३ २०७८०४:५६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij