एजेन्सी– भारतले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ । कोलम्बोमा गएराति भएको खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ७ विकेटले हराएको हो । श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ३६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । यस जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
यस्तै, इंग्ल्यान्डले दोस्रो टि–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो ।

इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो ।
यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो टि–ट्वान्टीमा पाकिस्तानले इंग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।