Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'देउवाजी सरकार चलाउन केन्द्रीत हुनुपर्छ, पार्टी चलाउन अरुलाई दिनुपर्छ' : पौडेल

'देउवाजी सरकार चलाउन केन्द्रीत हुनुपर्छ, पार्टी चलाउन अरुलाई दिनुपर्छ' : पौडेल

  • बुधवार, श्रावण ६ २०७८

  • 1.3K
    SHARES

  • 'देउवाजी सरकार चलाउन केन्द्रीत हुनुपर्छ, पार्टी चलाउन अरुलाई दिनुपर्छ' : पौडेल

    काठमाडौं- नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारलाई प्रभावकारी बनाउन केन्द्रीत हुन आग्रह गर्नु भएको छ ।

    उहाँले सरकारमा पूर्ण रुपमा केन्द्रीत भएर पार्टी संचालनको जिम्मेबारी अरु नेतालाई दिन पनि सभापति देउवालाई सुझाव दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “सभापति देउवाजी अव पुर्ण रुपमा सरकारमा केन्द्रीत हुनुर्पछ र पार्टी चलाउन अरुलाई दिनुपर्छ, नत्र पार्टी र सरकार दुवै प्रभावकारी हुदैन ।”

    बरिष्ठ नेता पौडेलले सकेपनि नसकेपनि सवै पद र जिम्मेबारी आफै लिने प्रबृत्तिका कारण नजिता राम्रो आउन नसकेको टिप्पणी पनि गर्नुभयो ।

    “बाचुन्जेल पदमा बसिरहने र आफु हुन नसकेपछि छोरा नातीलाई बनाउने प्रबृत्ति लोकतान्त्रीक हुन सक्दैन,” उहाँले पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा भन्नुभयो ।

    बरिष्ठ नेता पौडेलले विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालासहितका पार्टीका पूर्व सभापतिहरुको असल उत्तराधिकारी आफु हुनसक्ने दावी समेत गर्नुभयो ।

    “म उहाँहरुले अपनाएको बाटोमा निरन्तर छु, त्यसैले म पनि कोइराला परिवारकै हुँ, म नै उहाँहरुको उत्तराधिकारी हुँ, उहाँहरुको विरासीत मैले बोक्न सक्छु,” बरिष्ठ नेता पौडेलले भन्नुभयो ।

    उहाँले काँग्रेसलाई लोकतन्त्रको पाठशाला बनाउन चाहेको बताउदै भातृ संगठनहरुको अधिवेशन समयमा नभएर पार्टी भित्र लोकतन्त्र र संगठन संकटमा परेको उल्लेख गर्नुभयो ।

     


    बुधवार, श्रावण ६ २०७८०७:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij