Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओलम्पिकका खेल आजदेखि शुरु, उद्घाटन कहिले ?

ओलम्पिकका खेल आजदेखि शुरु, उद्घाटन कहिले ?

  • बुधवार, श्रावण ६ २०७८

  • 853
    SHARES

  • ओलम्पिकका खेल आजदेखि शुरु, उद्घाटन कहिले ?

    काठमाडौं – कोभिड–१९ महामारीले गर्दा एक वर्ष पछि सरेको ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकका खेलहरु आजदेखि शुरु भएका छन् । जापानमा आगामी शुक्रबार उद्घाटन हुने टोकियो २०२० ओलम्पिकको केही खेल भने दुई दिनअघि नै शुरु भएका हुन् ।

    जसअनुसार आज सफ्टबलको प्रतिस्पर्धा सुरु भएको छ । आज बिहान जापान र अष्ट्रेलियाबीचको सफ्टबल खेल भएपछि टोकियो २०२० को खेल शुरु भएको हो ।

    जापानका पिचर युकिको यएनोले सफ्टबलको पहिलो बल हानेकी थिइन् । आजै सफ्टबलका अरु दुई खेल पनि हुँदैछ । सन् २००८ पछि हटाइएको सफ्टबल टोकियोमा पुनः समावेश गरिएको हो । फुकुसिमा अजुमा बेसबल स्टेडियममा भएको पहिलो खेलमा जापानले अष्ट्रेलियालाई ८–१ ले पराजित गरेको छ ।

    vcenvwehkd7gy21s0u9j.jfif

    आजै महिला फुटबलअन्तर्गत समूह चरणका ६ खेल हुँदैछन् । पाँच वर्षपछि हुन लागेको ओलम्पिकमा विशवभरका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

    टोकियोमा अहिले कोरोनाले गर्दा आपतकाल घोषणा गरिए पनि ओलम्पिकका खेलहरु विनादर्शक खेलाइँदैछ । यसपटक कोभिड–१९ को प्रोटोकल पालना गरेर खेलहरु खेलाइने आयोजकले जनाएको छ ।

     


    बुधवार, श्रावण ६ २०७८०३:५२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij