काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै सांसद पदबाट राजीनामा दिनुभएका नेता भीम रावलसँग भेट गर्नुभएको छ ।
रावल निवास टोखामा पुगेर नेपालले राजीनामाका सम्बन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव दिनुभएको छ । सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्षको बैठकमा पनि रावल उपस्थित हुनुभएको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिनुभएको थियो ।
२०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताउनुभएको थियो ।
नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक हुनुहुन्थ्यो ।