Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज ओलम्पिकको औपचारिक उद्घाटन

आज ओलम्पिकको औपचारिक उद्घाटन

  • शुक्रवार, श्रावण ८ २०७८

  • 738
    SHARES

  • आज ओलम्पिकको औपचारिक उद्घाटन

    काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ ।

    जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

    टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् । कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ ।

    ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गएको वर्ष कोरोनाकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।


    शुक्रवार, श्रावण ८ २०७८०६:४३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij