Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौँँका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

काठमाडौँँका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

  • शुक्रवार, श्रावण ८ २०७८

  • 3.9K
    SHARES

  • काठमाडौँँका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

    काठमाडौँँ । आजदेखि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप लगाएकाहरुको खोप कार्ड प्रमाणीकरण हुने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

    यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाटमात्रै खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था हुँदा अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्नेहरुको अत्याधिक भीड भएको र त्यहीँबाट कोभिड संक्रमण फैलिने जोखिम बढेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताउनु भएको छ ।

    अन्य अस्पतालबाट पनि प्रमाणीकरण हुने थाहा पाएपछि भीडभाड केही कम हुने अपेक्षा गरेको डा. बास्तोलाले बताउन भयो । विशेषगरी खोप कार्ड अनिवार्य गरेका मुलुकहरु जाने नागरिक अस्पतालमा प्रमाणीकरणका लागि जाँदा भीड हुने गरेको छ ।


    शुक्रवार, श्रावण ८ २०७८०१:३६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij