Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपटेड

२४ घण्टामा २९७७ मा संक्रमण पुष्टि, १६७८ डिस्चार्ज, १८ जनाको मृत्यु

२४ घण्टामा २९७७ मा संक्रमण पुष्टि, १६७८ डिस्चार्ज, १८ जनाको मृत्यु

  • शुक्रवार, श्रावण ८ २०७८

  • 831
    SHARES

  • २४ घण्टामा २९७७ मा संक्रमण पुष्टि, १६७८ डिस्चार्ज, १८ जनाको मृत्यु

    काठमाडौँँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका मध्ये काठमाडौँ उपत्यकामा मात्र ६१३ जना रहेका छन् । जस्मा काठमाडौँमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जना थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप १ हजार ६७८ जना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    हालम्म नेपालमा संक्रमितको कुल संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । जसम्मध्ये ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भइसकेका छन् भने ९ हजार ६७९ जनाको मृत्यु भएको छ । अहिले २७ हजार ६६१ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा १७ हजार ३०८ जनाको परीक्षण भएसँगै आज सम्म नेपालमा ३८ लाख ६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।


    शुक्रवार, श्रावण ८ २०७८०५:३५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij