Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको कटाक्ष– महाराजधिराजबाट आममाफी घोषणा भयो, हामी गदगद !

माधव नेपालको कटाक्ष– महाराजधिराजबाट आममाफी घोषणा भयो, हामी गदगद !

  • शुक्रवार, श्रावण ८ २०७८

  • 1.3K
    SHARES

  • माधव नेपालको कटाक्ष– महाराजधिराजबाट आममाफी घोषणा भयो, हामी गदगद !

    काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्नुभएको छ ।

    शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो–माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।’

    कटाक्षपूर्ण भनाइमा नेपालले थप्नुभयो, ‘कति हामी गदगद भयौँ। महाराजधिराजबाट उवाच । हामी गदगद भयौं–वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन्। नाँच्नुपर्ने भयो । यही हो प्रगति ? यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’

    नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गर्नुभयो। ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो ?,’ उहाँले भन्नुभयो, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?’

    सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ ।

    उहाँले भन्नुभयो, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो–मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।


    शुक्रवार, श्रावण ८ २०७८०७:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij