Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टोकियो ओलम्पिकको भव्य उद्घाटन

टोकियो ओलम्पिकको भव्य उद्घाटन

  • शनिवार, श्रावण ९ २०७८

  • 1.1K
    SHARES

  • टोकियो ओलम्पिकको भव्य उद्घाटन

    काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ ।

    ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।

    गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विश्वका २ सय ४ देशबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् ।

    विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो गरी भइरहेको हो । कोरोना महामारीले गत वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।


    शनिवार, श्रावण ९ २०७८०६:३०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij