काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको महाधिवेशन निर्धारित समयमा नभएपनि पार्टी अरुले दर्ता गर्न नसक्ने बताउनु भएको छ ।
संविधान अनुसार अहिले निर्धारण गरिएको समयभित्रमा महाधिवेशन नभएपनि काँग्रेस पार्टी खारेज नहुने उहाँले दावी गर्नुभयो ।
“निर्धारित समयमा महाधिवेशन नभएमा पार्टी नै खारेज हुने, चुनाव चिन्ह रुख अरुले नै कब्जा गर्ने भन्ने हुदैन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो । तर पार्टीको नाम, चुनाव चिन्ह, झण्डा अरुले लैजान सक्दैन भन्दैमा महाधिवेशन समयमा नगर्ने पक्षमा भने आफुहरु नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
संवैधानिक संकटको विषय नैतिकताको विषयसँग जोडिएकाले नैतिकतामा ख्याल गर्नेहरुले मात्रै समयमै महाधिवेशन गर्नुपर्ने दवाव महसुस गरेको उहाँको भनाई छ ।
काँग्रेसकोभन्दा अगाडि महाधिवेशन गरेका ठुला ठुला अन्य पार्टीहरुले पनि अहिलेसम्म महाधिवेशन नभएको र उनीहरुको पार्टी, चुनाव चिन्ह खारेज नभएको उदाहरण प्रवक्ता शर्माले सुनाउनुभयो ।
“संवैधानिक संकटको विषय नैतिक रुपमा गर्नेलाई मात्रै भयो, अरुले त्योभन्दा बढी समय गरेका छैनन, तर उनीहरुले गरेनन भनेर काँग्रेसले नगर्ने भन्ने हैन,” उहाँले भन्नुभयो ।
उहाँले गाँउ गाउँमा कोरोनाभाइरसको महामारी फैलिइरहेकाले जसरी पनि अधिवेशन गर्नु भनेर आफुले काठमाडौमा बसेर भन्न गाह्रो भएको पनि बताउनुभयो ।