Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरीले किन एक्कासी घोषणा गरे राजीनामा ?

राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरीले किन एक्कासी घोषणा गरे राजीनामा ?

  • आइतवार, श्रावण १० २०७८

  • 884
    SHARES

  • राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरीले किन एक्कासी घोषणा गरे राजीनामा ?

    काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सम्झौता अवधि बाँकी रहँदै आज एक्कासी राजीनामा घोषणा गरेपछि अहिले फुटबल जगत तरंगित भएको छ ।

    साफ च्याम्पियन्सिपको तयारीका लागि राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् ।

    ‘म राजीनामा दिन जान लागेको छु । यसको कारण एन्फाकै वरिष्ठ उपाध्यक्ष हुन् । पछिल्लो तीन सातादेखि उनले मलाई समस्या उत्पन्न गराइरहेका छन्’, कतारी नागरिक अलमुताइरीले नेम्वाङप्रति मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

    कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

    218389887_676153490451510_4280049235400288583_n.jpg


    आइतवार, श्रावण १० २०७८१२:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij