Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
अन्योलमा कांग्रेस महाधिवेशन :

‘वडाको अधिवेशन स्थगित भएसँगै गाउँ–नगरको पनि स्वतः प्रभावित भयो’ : प्रवक्ता शर्मा

‘वडाको अधिवेशन स्थगित भएसँगै गाउँ–नगरको पनि स्वतः प्रभावित भयो’ : प्रवक्ता शर्मा

  • आइतवार, श्रावण १० २०७८

  • 671
    SHARES

  • ‘वडाको अधिवेशन स्थगित भएसँगै गाउँ–नगरको पनि स्वतः प्रभावित भयो’ :  प्रवक्ता शर्मा

    काठमाडौं – नेपाली कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएसँगै सोही महिनाको १६ गते हुने तय भएको गाउँ–नगर अधिवेशन पनि प्रभावित भएको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना भाइरस संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको जनाएको थियो ।

    तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अधिवशन स्थगित हुनुमा कोरोना महामारी मात्र एक्लो कारण नभएको बताउनुभएको छ । आज बिहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले क्रियाशील सदस्यता छनबीन समितिको प्रतिवेदन बुझाउन ढिलाइ हुनु पनि अर्को कारण भएको खुलासा गर्नुभएको छ ।

    प्रवक्ता शर्माले वडा अधिवेशन स्थगित भएसँगै अब गाउँ र नगर अधिवेशन पनि स्वतः प्रभावित भएको बताउनुभएको छ । साउन १६ गते हुने तय भएको गाउँ–नगर अधिवेशन पनि स्थगित भएको उहाँले संकेत गर्नुभयो ।

    ‘रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानबीन समितिले १२ गते मात्र प्रतिवेदन बुझाउने भएको छ । क्रियाशील सदस्यता टुंगे नलागी कसरी अधिवेशन हुने कुरा भएन । यसर्थ, १२ गते तय भएको वडा अधिवेशन स्वतः नहुने अवस्था आयो । १२ गतेको वडा अधिवेशन स्थगित भएपछि १६ गतेको गाउँ–नगर अधिवेशन पनि प्रभावित भएको छ’, उहाँले स्पष्ट पार्नुभयो ।

    वडा र गाउँ–नगरको अधिवेशन स्थगित भएपछि भदौ १६ देखि १९ गतेसम्म तय भएको कांगेसको महाधिवेशन पनि पछि सर्ने उहाँले जानकारी दिनुभयो ।

    प्र्रवक्ता शर्माले काँग्रेसको महाधिवेशन निर्धारित समयमा नभए पनि पार्टी अरुले दर्ता गर्न नसक्ने बताउनुभएको छ ।

    संविधानअनुसार अहिले निर्धारण गरिएको समयभित्रमा महाधिवेशन नभए पनि काँग्रेस पार्टी खारेज नहुने उहाँले दावी गर्नुभयो ।

    ‘निर्धारित समयमा महाधिवेशन नभएमा पार्टी नै खारेज हुने, चुनाव चिन्ह रुख अरुले नै कब्जा गर्ने भन्ने हुदैन’, नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो ।

    तर पार्टीको नाम, चुनाव चिन्ह, झण्डा अरुले लैजान सक्दैन भन्दैमा महाधिवेशन समयमा नगर्ने पक्षमा भने आफूहरु नरहेको उहाँले स्पष्ट पार्नुभयो ।


    आइतवार, श्रावण १० २०७८०२:००:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij