काठमाडौं – पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका हुन् । इपिएलकोे फ्रेन्चाइज काठमाडौं किंग्स–११ बाट अफ्रिदीले खेल्नेछन् ।
टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले आज अफ्रिदीलाई आइकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टि–२० खेलेका छन् ।