Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोना अपटेड

कोरोना संक्रमितको दैनिक संख्या उकालो लाग्दै, यस्तो छ पछिल्लो अपटेड !

कोरोना संक्रमितको दैनिक संख्या उकालो लाग्दै, यस्तो छ पछिल्लो अपटेड !

  • सोमवार, श्रावण ११ २०७८

  • 1.2K
    SHARES

  • कोरोना संक्रमितको दैनिक संख्या उकालो लाग्दै, यस्तो छ पछिल्लो अपटेड !

    काठमाडौँ । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

    यसै गरी सोहि अवधिमा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।
    मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    सोमवार, श्रावण ११ २०७८०५:१४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij