Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

  • बुधवार, श्रावण १३ २०७८

  • 541
    SHARES

  • ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

    काठमाडौं – जापानमा जारी टोकियो ओलम्पिकमा नेपाली पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

    टोकियो एक्वेटिक सेन्टरमा भर्खरै सम्पन्न खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

    हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

    गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

    यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

    गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सो आज तोडिएको छ ।

     


    बुधवार, श्रावण १३ २०७८०४:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij