Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

  • बुधवार, श्रावण १३ २०७८

  • 664
    SHARES

  • सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

    काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् ।

    बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।


    छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताउनुभयो।

    ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो। तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो। पछि निर्णय गरौँला भन्नुभयो’ चौधरीले भन्नुभयो, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो।’

    एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

    बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।


    बुधवार, श्रावण १३ २०७८०५:५२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij